नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । मास्कबिना कसैले पनि यात्रा गर्न पाउनेछैन । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ