अमेरिकामा फेरि बढ्याे कोरोना भाइरसको सङ्क्रमण दर

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेको छ । सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या एक लाख पुगेको छ । यसअघि गएको जनवरीमा अस्पतालमा भर्ना हुनेको सङ्ख्या एक लाख थियो । अहिले अस्पतालका एक लाख ३ हजार १७ शय्या बिरामीले भरिएका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ । अमेरिकाको फ्लोरिडा र टेक्सासमा सङ्क्रमण धेरै देखिएको छ । गएको हप्ता फ्लोरिडामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि सबैभन्दा धेरै थियो । अमेरिकामा गएको २४ घण्टामा ८६ हजार भन्दा धेरैलाई सङ्क्रमण पाइएको छ । योसँगै अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपनि यो […]

सङ्क्रमण कम भएपछि तीन महिनादेखि ल्याइएन कोरोना खोप

कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम

कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार

नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि  बढाएको  छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार  कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु  गरिएको बताए ।उनले भने, “कोरोना भाइरस सङ्क्र

कर्णालीमा बिहीबार सङ्क्रमित हुने भन्दा डिस्चार्ज हुने धेरै

कर्णाली प्रदेशमा बिहीबार ११४ जनाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यो तथ्याङ्क साउन महिना यताकै बढी हो। साउन महिना सुरु भएसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक उकालो लाग्दो थियो । बिहीबार भने १०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिँदा ११४ जनाले जितेर डिस्चार्ज भएका हुन् । यो सँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ।  बुधबार प्रदेशमा ९३२ जना सक्रिय सङ्क्रमित रहेका थिए भने बिहीबार ८९७ मा झरेको छ । प्रदेशमा कहिले सङ्क