ठाउँको खोजीमा लोकबाजा सङ्ग्रहालय

लोपोन्मुख नेपाली लोकबाजा सङ्कलन गरेर संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको ‘नेपाली लोकबाजा सङ्ग्रहालय’ सार्न बारम्बार दबाब पर्न थालेको छ। बर्षौं लगाएर देशका विभिन्न भागमा पुगेर सङ्कलन गरिएका ती लोकबाजाले सुरक्षित र संरक्षित हुने स्थान पाउन सकेका छैनन्।

सम्बन्धित सामग्री

क्यानभासमा संरक्षित लोकबाजा

त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।

नयाँ वर्षमा नगरा बजाइने

बागलुङ–काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो । सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गर्दै आएको छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार शनिबारको आम भेलाले नयाँ वर्षका दिन […]

बागलुङमा लोकबाजा सङ्ग्रहालय बन्दै

काठेखोला गाउँपालिका–४ तङ्ग्राममा लोकबाजा सङ्ग्रहालय बन्ने भएको छ। यसका लागि गाउँमैत्री अक्षयकोषले पूर्वाधार निर्माण र लोकवाद्ययन्त्र सङ्कलनको काम अघि बढाएको छ।