क्यानभासमा संरक्षित लोकबाजा

त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।

सम्बन्धित सामग्री

ठाउँको खोजीमा लोकबाजा सङ्ग्रहालय

लोपोन्मुख नेपाली लोकबाजा सङ्कलन गरेर संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको ‘नेपाली लोकबाजा सङ्ग्रहालय’ सार्न बारम्बार दबाब पर्न थालेको छ। बर्षौं लगाएर देशका विभिन्न भागमा पुगेर सङ्कलन गरिएका ती लोकबाजाले सुरक्षित र संरक्षित हुने स्थान पाउन सकेका छैनन्।