त्रिभुवन विश्वविद्यालयलाई त्रिवि कर्मचारी सङ्घले ४५ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा त्रिविका विभिन्न निकायमा आन्तरिक स्रोतबाट कार्यरत रहेका कर्मचारीलाई नियमित करार गराउनुपर्ने, त्रिविमा रजिष्ट्रार तथा सहपरीक्षा नियन्त्रक, उपनिर्देशक, सहायक क्याम्पस प्रमुखलगायतका पदाधिकारी कर्मचारीबाट नियुक्ति गराउनुपर्ने, त्रिविका कर्मचारीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्न