त्रिभुवन विश्वविद्यालयका कर्मचारीले स्वतः ३० प्रतिशत अतिरिक्त भत्ता नपाए विश्वविद्यालयको प्रशासनिक काम र शैक्षिक कार्यक्रमसमेत ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले उपकुलपति र रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएर खाइपाई आएको भत्ता ३ दिनभित्र यथावत् नपाए विश्वविद्यालय ठप्प पार्ने धम्की दिएको हो ।