वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।
तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन्...