नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले केका लागि हतियार उठाएको हो ? भनेर आफुले पहिलेदेखि नै सोधे पनि जवाफ नपाएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई सम्बोधन गर्दै माओवादीले भनेको सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारिएको बताए । ‘माओवादीको सटकट बाटो सत्तामा पुग्नेबाहेक केही थिएन । कम्युनिस्टसँग मुख्य शत्रुता थियो, काँग्रेससँग पनि थियो’, ओलीले भने, ‘लोकप्रिय सरकार चलाउन सकिन्छ भन्ने स्थापित भैसकेपछि माओवादी