नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । शुक्रबार बिहान १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका हरिमानसिंह डंगोलले भोग बलि खाएर आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने विषयमा गोप्य रुपमा भविष्यवाणी गरे ।