नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा

काठमाडौं । अञ्जन विष्टले अन्तिम समयमा बराबरी गोल फर्काएपछि नेपालले साफ च्याम्पियनसिपमा आज बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । यससँगै नेपालले पहिलोपटक प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ ।  कम्तीमा बराबरी गर्नुपर्ने खेलमा नेपाल नवौँ मिनेटमै १-० ले पछि परेको थियो । तर, खेल सकिन तीन मिनेट बाँकी हुँदा अञ्जनले...

सम्बन्धित सामग्री

ऐतिहासिक अवसरबाट चुक्यो नेपाल, भारतलाई आठौँपटक उपाधि

काठमाडौं । पहिलोपटक फाइनल खेलेको नेपालले साफ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जित्ने मौका गुमाएको छ । शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतलाई ३–० को नतिजा सुम्पिएपछि पहिलोपटक साफको उपाधि जित्ने मौका गुमाएको हो ।  यससँगै भारतले कीर्तिमानी आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भारतको जितमा कप्तान सुनिल क्षेत्र...

साफ फाइनल : नेपाल र भारत दुवैका लागि कठिन

काठमाडौं : १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधी भिडन्त नेपाल र भारत दुवैका लागि कठिन हुने देखिएको छ। दुवै देशका प्रशिक्षकले एक अर्का टिमलार्ई बलियो प्रतिद्वन्द्वीका रुपमा चित्रण गर्दै खेल कठिन हुने प्रतिक्रिया दिएका हुन्।नेपाली टोलीका प्रशिक्षक किरण श्रेष्ठले भारतसँगको खेल त्यत्ति सजिलो नहुने बताएका छन्। खेलको अघिल्लो  दिन उनले भारत विरुद्धको खेललाई ठूलो खेलको संज्ञा दिँदै नेपालले यो खेललाई अवसरका रुपमा लिने बताए।उनले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख ग

साफ च्याम्पियनशिपको फाइनल तय, उपाधिका लागि नेपाल र भारत भिड्ने, यस्तो छ समीकरण

साफ च्याम्पियनशिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। उपाधिका लागि दुवै देश यहि शनिबार नेपाली समय ८ बजेर ४५ मिनेटमा खेल्ने जनाइएको छ। नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै अंकको आधारमा फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने भारतले माल्दिभ्सलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो। माल्दिभ्समा जारी साफ च्याम्पियनशिपको १३ औं संस्करणमा नेपाल र भारतबीच यस अगाडी पनि प्रतिस्पर्धा भईसकेको छ। उक्त खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको थियो। महादेशस्तरको प्रतियोगितामा २८ बर्षपछि नेपाल र भारतले उपाधिको लागि भिड्न लागेका हुन्। यस अगाडी सन् १९९३ मा बंगालदेशमा भएको प्रतियोगितामा नेपाल र भारत स्वर्ण पदकका लागि भिडेका थिए। त्यसबेला नेपालले भारतलाई ट्राइबेकारमा ४-३ ले पराजित गर्दै उपाधि जितेको थियो। खेल २-२ को बराबरीमा सकिएपछि ट्राइब्रेकर मार्फत बिजेता छनौट भएको थियो। त्यसयता नेपालले दक्षिण एसियाली क्षेत्रमा ठुलो उपाधि जितेको छैन। डेढ महिनाको अन्तरालमा नेपाल र भारतबीचको खेल हेर्दा भारतबिरुद्दको खेल नेपालका लागि सहज हुनेछैन। साफमा खेल्नु अगाडी नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको छ। जसमा पहिलो खेलमा १-१ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा नेपाल भारतसँग १-२  ले पराजित भएको थियो। त्यसपछि साफ अन्तर्गतकै यस अगाडीको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो। लगातार तीन पटकको खेल पश्चात नेपाल र भारत उपाधिको लागि डेढ महिनाको अन्तरालमा चौथो पटक भिड्न लागेका हुन्। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ बजेर ४५ मिनेटमा हुनेछ। यस पटक नेपाल बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर महादेशस्तरीय प्रतियोगीताको उपाधि जित्ने दाउमा रहेको छ। नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। त्यसैले पनि उनले आफ्नो शुखद विदाई चाहन्छन्।

साफमा नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौँ– साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत आमनेसामने हुने भएका छन्। माल्दिभ्समा जारी १३ औँ संस्करणको साफअन्तर्गत बुधबार राती ऐतिहासिक नतिजा निकाल्दै नेपाल पहिलो पटक फाइनल पुगेको थियो। नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेर फाइनलमा स्थान पक्का गरेको थियो। बुधबार नै भएको अन्तिम लिगमा आयोजक माल्दिभ्सलाई ३–१ गोलले हराउँदै भारतले नेपालसँग उपाधि […]

नेपाललाई ऐतिहासिक सफलता दिलाएका अल्मुताईरिले किन गरे नेपाल छाड्ने घोषणा ?

दक्षिण एशियाकै सबै भन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिपमा नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। नेपाललाई ऐतिहासिक सफलता दिलाए लगत्तैको प्रेसमिटमा अब्लुल्लाह अल्मुताइरीको यो घोषणाले नेपालका फुटबल प्रेमीलाई अचम्मित बनाएको छ। साफ च्याम्पियमशिप सुरु भएयताकै नेपालको ठुलो उपलब्धि हासिल गरे लगत्तै अब्लुल्लाह अल्मुताइरीले गरेको यो घोषणालाई धेरै अर्थपूर्ण मानिएको छ। अब्लुल्लाह अल्मुताइरीलेले भनेका छन्, 'अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ ।' उनले अगाडी भने, 'हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।'उनको यो घोषणाले नेपालको फुटबल उद्योगमा धेरै ठुला समस्याहरु भएको कुरालाई उजागर गरेको छ भने नेपालको फुटबललाई हेर्ने अन्तराष्ट्रिय दृष्टिकोणमा समेत ठुलो धक्का लागेको छ। बंगालदेशसँगको १-१ को बराबरी खेलेर नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपमा यो नै नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो। आजको खेलमा नेपाल बिरुद्द ९ मिनेटमै लिएको अग्रता जोगाउन बंगलादेशले पूरै रक्षात्मक भएर खेल्यो। झण्डै सफल पनि भएको थियो । तर, अन्तमा भाग्यले नेपाललाई साथ दियो ।खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पाएपछि खेलको नतिजा मोडियो अञ्जन विष्टले मौका खेर फालेनन् । खेल बराबरीमा टुंगियो। र नेपाल ऐतिहासिक सफलता हासिल गर्दै फाइनलमा पुगेको हो।   बंगलादेशी खेलाडी रोएको दृष्यले नेपाली दर्शकलाई सन् १९९९ को साग फुटबलको फाइनलको याद ताजा गराएको छ । घरेलु मैदानमा भएको उक्त फाइनलमा नेपाल बंगलादेशसँग १-० ले हारेको थियो । खेलमा पूर्णनियन्त्रण कायम गरे पनि गोल गर्न चुक्दा नेपाल उपाधिबाट वञ्चित भएको थियो । नेपाली खेलाडीहरू यसरी नै मैदानमा रोएका थिए। बंगलादेशसँगको उक्त हारको बदला नेपालले आज लिएको छ ।

नेपाल ऐतिहासिक फाइनल नजिक

कविरस शर्मा ।  नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुग्न मात्र एक जित आवश्यक रहेको छ । जारी साफको अंक तालिका अनुसार पछिल्ला दुई खेल जितेर ६ अंक बटुलेको नेपालले आगामी खेलमा भारत वा बंगलादेशमध्ये कुनै एक टिमलाई हराएमा स्पष्ट तीन अंक जोड्दै सोझै फाइनलको यात्रा तय […]

पाराओलिम्पिकमा पलेशा पराजित

काठमाडौं : टोकियो पाराओलिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट विमुख भएकी छिन्।नेपालले अहिलेसम्म पाराओलिम्पिकमा कुनै पदक जित्न सकेको छैन। तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौल समूहको रिपिचेजको फाइनलमा पराजित भएपछि उनी काँस्य पदक जित्नबाट वन्चित भएकी हुन्।आज (शुक्रबार) भएको रिपिचेजको फाइनलमा पलेशा चिनियाँ खेलाडीसँग हारिन्। उनले चीनकी युजी लीलाई १२–९ ले खेल सुम्पिएकी हुन्। रिपिचेजमा क्वार्टरफाइनल र सेमिफाइनल जितेर हौसिएकी पलेशाले चिनियाँ प्र

महिला भलिबलको ऐतिहासिक जित,यस्तो देखियो श्रीलंकाविरुद्ध नेपालको खेल

काठमाडौं : दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो। खेलको क्रममा दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। समर्थकहरु नेपालको

महिला भलिबल टोली : ऐतिहासिक उपलब्धि नजिक

ढाका। फाइनल खेल्ने प्रतिद्वन्द्वी माल्दिभ्सलाई प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बुधबार सोझो सेटमा पराजित गर्दै नेपाली...

युथ एसिया कपमा नेपालको ऐतिहासिक यात्रा सेमीफाइनलमा रोकियो

काठमाडौं : एसीसी यु-१९ युथ एसिया कपमा नेपालको ऐतिहासिक यात्रा सेमीफाइलनमा रोकिएको छ। साविकको विजेता भारतलाई पराजित गर्दै पहिलोपटक प्रतियोगिताको शीर्ष ४ मा स्थान बनाएको नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै फाइनल प्रवेश गर्न असफल भएको हो। नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले २० ओभर ३ बलमा ३...