काठमाडौँ – निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षरबाट टुंगो लगाउने भएको छ। बिहीबार दोस्रो दिन दुवै पक्षको बहस सुनेपछि आयोगले कार्यकारिणी परिषदका सबै सदस्यलाई बोलाएर सनाखतमार्फत आधिकारिकता टुंगो लगाउने भएको हो। अध्यक्ष उपेन्द्र यादव पक्षले आफूले आधिकारिकता पाउनु पर्ने दाबीसहित बहुमत कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षर बुझाएपछि आयोगले साउन ३ गतेदेखि सुनुवाइ […]