काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आठौँ चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज क्लब खेल्दैछन् ।
खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । सात खेलमा एकमा जित र तीन खेलमा बराबरी खेलेको नेपाल पुलिस क्लब ६ अङ्कसहित ११औँ स्थानमा छ ।
यस्तै सात खेलमै एक जित र दुई खेलमा बराबरी खेलेको ब्रिगेड पाँच अङ्कसहित १२औँ स्थानमा छ ।
यसअघि हिजो दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले...