कपिलवस्तु । साहारालाई पछि पार्दै नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । कपिलवस्तुको चार नम्बर बुद्ध रंगशालामा सोमबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा साहारा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लव सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। दोस्रो हाफ शुरू भएको तीन मिनेटपछि […]
The post साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाल पुलिस क्लब सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनल पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आफ्नो चौथो खेलमा एपिएफलाई २५–१६,...
२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा नेपाल पुलिस क्लब चौथो खेलसम्म अंकविहीन छ । डबल राउण्ड रोविन प्रणालीमा हुने लिगका सुरुवाती चार खेलले प्रष्ट संकेत गरेको छ कि लामो विरासत बोकेको नेपाल पुलिसको फुटबल टिम इतिहासमै कठिन अवस्थामा छ । २०६० सालमा सिधै ए डिभिजन क्लबको मान्यता लिएर लिग खेल्न […]
काठमाण्डाै – नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ । अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन् ।
ललितपुर सातदोबाटोस्थित कराते एके...
काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो । पुलिसले दिएको २ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९ ओभर ३ बलमा […]
पोखरा– पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो । खरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ […]
दमक, १७ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलको यात्रा सुरक्षित गरेको हो । खेलको ५९ औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल […]
फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए । ‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुमनले न्युज कारखानासँग भने । ०७३ सालबाट पुलिस जागिरे बनेका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए । फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर
नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ]त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेक
राष्ट्रिय महिला लिग फुटबल विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गर्दा मंगलबार विभागीय टोलीले […]