काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादित बनेको विषय सर्वोच्च अदालतसँग मात्रै सम्बन्धित छैन। मन्त्रिपरिषद्मा भाग मागेको विषय सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीसम्म पनि जोडिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएपछि देउवा सरकारको चर्को आलोचना भएको थियो। देउवा सरकार दबाबमा…