लुम्बिनीमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत सोमबार हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने भएका छन् । जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरूको प्रदेश सभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले...

सम्बन्धित सामग्री

ओली सरकारको एक मन्त्रीले पनि देउवालाई विश्वासको मत दिने

केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारमा राज्यमन्त्री रहेकी रेणुका गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएकी छिन् । ओली सरकारमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्री बनेकी गुरुङले जसपामा क्याम्प चेञ्ज गर्दै देउवालाई भोट दिन लागेकी हुन् ।  आइतवार उपेन्द्र यादवले बोलाएको संसदीय दलको बैठकमा गुरुङ सहभागी भएर हस्ताक्षर गरेकी छिन् । उपेन्द्रले महन्थ ठाकुर पक्षका ७ जना सांसदलाई आफ्नो पक्षमा तानेका छन् ।  देउवालाई विश्वासको मत दिन जसपाका १९ सांसदले हस्ताक्षर गरेका छन्...

प्रतिनिधिसभा विघटन — बहस पुनः शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गर्नु भएको छ ।     वरिष्ठ अधिवक्ता थापाले देउवालाई प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका २७५ सांसदमध्ये १४९ ले हस्ताक्षर सहित बुझाएको आधार नै संसदमा विश्वासको मत प्राप्त गर्ने बलियो आधार रहेको बताउनुभयो । “संविधानको धारा ७६ (५) अनुसार नै प्रधानमन्त्री पदमा देउवाका लागि बुझाएको १४९ जनाको हस्ताक्षरसहित दावी पेश गरेपछि आधार पुग्यो भन्ने बुझिन्छ कि बुझिदैन”, उहाँले भन्नुभयो, “ १४९ जना मसँग छ भनेर दावी पेश गरेपछि ऊसँग बहुमत छैन त ? श्रीमान ! ”     उहाँले १ सय ४९ जनाको लिखित हस्ताक्षरसहित दावी गरेपछि नेकपा (एमाले)का २६ जनाले, जसपाका १२ जनाले भोट हाल्न पाउँदैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गर्नुभयो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन्।  आज बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन्। ५२ सदस्यीय प्रदेशसभा बैठकमा भट्टले ३०  मत प्राप्त गरे भने विपक्षीमा ९ मत खस्यो। एमालेको नेपाल समूह भट्टको पक्षमा भोट हाल्यो भने नेपाली कांग्रेस तटस्थ बसेको थियो। यस्तै नेकपा एमालेको ओली समूहका ७ जना सांसद र जसपाका दुई सांसदले भने विपक्षमा भोट हालेका थिए। ५२ सद...

लुम्बिनी प्रदेश : जसपाका चार सांसदले राष्ट्रियसभा उपनिर्वाचनमा भोट हाल्न नपाउने

लुम्बिनी प्रदेशस्थित जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदले राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन्