केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारमा राज्यमन्त्री रहेकी रेणुका गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएकी छिन् ।
ओली सरकारमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा राज्यमन्त्री बनेकी गुरुङले जसपामा क्याम्प चेञ्ज गर्दै देउवालाई भोट दिन लागेकी हुन् ।
आइतवार उपेन्द्र यादवले बोलाएको संसदीय दलको बैठकमा गुरुङ सहभागी भएर हस्ताक्षर गरेकी छिन् ।
उपेन्द्रले महन्थ ठाकुर पक्षका ७ जना सांसदलाई आफ्नो पक्षमा तानेका छन् ।
देउवालाई विश्वासको मत दिन जसपाका १९ सांसदले हस्ताक्षर गरेका छन्...