विद्यालय छोडेर कुलतमा फस्दै मुसहर बालबालिका

मुसहर समुदायका बालबालिकालाई नियमित विद्यालयमा अध्ययन गराउन सहज गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू आवश्यक रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

विद्यालय नपुगेका मुसहर बालबालिका

लहान–१ र २ नम्बर वडामा रहेका मुसहर समुदायको बाक्लो बस्तीमा सडक किनारामा पढ्ने उमेरका बालबालिकाहरू तास खेलिरहेको भेटिन्छ । मुसहर समुदायको बालबालिकाहरूलाई विद्यालयमा नियमित पढ्न पुर्‍याउनुपर्ने शिक्षा र चेतनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ ।

आर्थिक अभावका कारण विद्यालय जान पाएनन् मुसहर बालबालिका

मर्चवार (रुपन्देही) । संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई सुनिश्चित गरिएको भए पनि नवलपरासी प्रतापपुर गाउँपालिका–६ कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान पाएका छैनन् । निजी विद्यालयमा कक्षा २ सम्म अध्ययन गरेर पुनम मुसहरले परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा ३ मा भर्ना हुन सकेका छैनन् । निजी विद्यालयमा शुल्क तिर्न नसकेको […]

अभावले नरोकिएको खुश्बुको पढ्ने हुटहुटी

विराटनगर : उनलाई पढ्ने हुटहुटी फेरि जाग्यो। त्यसैले उनी आजभोलि दिन नबिराई विद्यालय जान थालेकी छिन्।दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने १४ वर्षीया खुश्बुकुमारी ऋषिदेवको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको ढोका बन्द भएको थियो।विराटनगर-१२ मुसहर बस्तीका अधिकांश बालबालिका विद्यालय जान थालेसँगै उनको पढ्ने चाहना फेरि जागेर आयो। त्यसैले आजभोलि बिरामी हुँदाबाहेक दैनिक विद्यालय जाने गरेको उनी सुनाउँछिन्।कक्षा ६ मा पढ्दै गर्दा परिवारको जिम्मेवारीको बोझले पढाइको यात्रा रोक

मुसहर महिलाको अगुवाइमा ४० बालबालिका विद्यालय भर्ना

सर्लाहीको बरहथवामा मुसहर महिलाहरूको सक्रियतामा ४० जना बालबालिकाहरू विद्यालय भर्ना भएका छन् ।  बरहथवा नगरपालिका–८, टाँडीमा मुसहर सशक्तिकरण मन्चमा आवद्ध महिलाहरूको अगुवाइमा मुसरहर समुदायका विद्यालय उमेरका बालबालिकाहरूलाई  सामुदायिक विद्यालय भर्ना गरिएको...

मुसहर बालबालिका पढाईप्रति आर्कर्षित

सर्लाही । मुसहर महिला सशक्तिकरण मञ्चको अगुवाईमा ४८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मपिुरका मुसहर महिलाहरुले मञ्चको अगुवाइमा समुदायका ४८ जना बालबालिकाहरुलाई विद्यालय भर्ना गराएका हुन् । मञ्च लक्ष्मीपुरकी सचिव मनिष माझीको अगुवाईमा बालबालिका विद्ययालय भर्ना अभियान अन्तरगत श्री सार्वजनिक माद्यामिक विद्यालयमा २६ छात्र र २२ छात्रा गरी जम्मा […]

मुसहर बालबालिका विद्यालयबाहिरै

सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमै ‘कट्टी टोल’ छ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ । सिंगो मुसहर बस्तीको गुजाराको माध्यम भनेको मजदुरी हो । बस्तीदेखि दुई सय मिटरनजिक नमुना प्राविधिक धार विद्यालय छ । तर, बस्तीमा आठ कक्षासम्म पढेका कोही भेटिँदैनन् ।

मुसहर बालबालिका अझै विद्यालयबाहिर

रौतहटको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका २७ वर्षीय विजय माझीका चार छोरी छन् । सबैभन्दा जेठी सुनिताकुमारी ९ वर्षकी भइसकिन् । उमेरअनुसार उनी विद्यालय जानुपर्ने हो । तर, दिनभर खेलेरै समय बित्छ । विजयका तीनवटा छोरी विद्यालय जाने उमेरका भए पनि घरमा नै छन् । उनीहरूमात्र नभई रौतहटको डुमरियास्थित मुसहर बस्तीमा विद्यालय जाने उमेरका धेरै बालबालिका दिनभर खेलेरै समय बिताउँछन् ।

मुसहर समुदायका बालबालिका शिक्षामा आकर्षित

हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून संख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती ...

मुसहर समुदायका बालबालिका विद्यालय बाहिर

तराईको अति पिछडिएको दलित समुदायमा पर्ने मुसहर समुदायका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन्। गरिबीका कारण अभिभावक इँटा उद्योगमा मजदुरी गर्न जाँदा यहाँका मुसहर बालबालिका पढाइबाट बञ्चित हुनु परेको हो। अभिभावकसँग गाउँमै बसेका बालबालिका पनि अशिक्षाका कारण विद्यालयको पहुँचभन्दा बाहिर छन्। तराईका प्रत्येक मुसहर बस्तीमा पुग्दा मुसहर बालबालिका गाउँमै खेलेर बसेको भेटिन्छन्। बसबरिया गाउँपालिका–३, भवानीपुर गाउँकी मन्मादेवि माझीले गाउँका धेरै बालबालिका विद्यालय नजाने गरेको बताउनुभयो।

प्रचण्ड अब अरुण मुसहर र पत्रुस माझीका अभिभावक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज(बुधवार) पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन्। उनले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गर्ने भएका हुन्। प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका…