नेपालमा एक समयमा एकै पटक दुई राजतन्त्र अस्तित्वमा आएको उदाहरण दिँदै बीपीले भनेका छन्, ‘२००७ सालमा एक समयमा नेपालमा दुई राजा थिए । तसर्थ, नेपालमा दुई राजतन्त्र थियो । त्यसो हुनाले राजतन्त्र भनेरमात्र हुँदैन । राजतन्त्र कस्तो छ, त्यसको विवेचना हुनुपर्छ ।’