काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्रबाटै विपक्षीसँग मिलेर सरकार ढाल्ने अलोकतान्त्रीक र अनौतिक प्रयास भएको बताएका छन्। उनले प्रश्न गरे, ‘दलीय अनुशासन र लोकतान्त्रिक मूल्यमान्यता तोड्दै संसदमा अनुपस्थित हुने र विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयास कुन हिबासले नौतिक हुनसक्छन्? अन्तरध्वंस मच्याउनेदेखि लिएर मिर्जाफोर र मिरकासिमहरु सिर्जना गरिए। सरकार ढाल्नका लागि उनीहरु सक्रिय भएर इतिहासमै कलंकित हुने खालका काम गरे।’