प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूबाट सरकारको एक वर्षको काम कारबाहीको बिफ्रिङ लिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो ३: १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारका काम कारबाहीबारे बिफ्रिङ लिन लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सरकारको काम कारबाही चुस्त, प्रभावकारी र जनमुखी बनाउनेबारे सचिवहरूलाई समेत राखेर बैठक बस्न लागेको हो । उनले रातोपाटीलाई भने, ‘ सरकार बनेको एक वर्ष भइसकेको