काठमाण्डाै – काठमाण्डौका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा सुन्दरीजल, जितपुर र आसपासकाे क्षेत्रमा ठूलो पानी परेकाले बाग्मती र विष्णुमती तथा अन्य साना खहरेमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले चेतावनी दिएको छ ।
नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन भनिएको छ । यस्तै गोरखाको बारपाकमा पनि भारी वर्षा भएकाले दरौँदी र अन्य खोलामा बाढीको चेतावनी जारी भएको छ ।