एजेन्सी। बलिउडका सेलिब्रेटी टाइगर श्राफ र दिशा पाटनीलार्य मुम्बई प्रहरीले सोधपुछ गरेको छ। कोरोना महामारीबीच गाडीमा घुम्न निस्केका उनीहरूलाई केहीबेर सोधपुछपछि प्रहरीले छोडेको थियो। उनीहरूको आधार कार्ड जाँच गरेपछि प्रहरीले छोडेको जनाइएको छ। कोरोनाको दोस्रो लहरका कारण मुम्बईमा हिँडडुलमा कडाइ गरिएको छ। यस्तो कडाइका बीच उनीहरू घुम्न निस्केपछि प्रहरीले उनीहरूलाई रोकेको हो।