माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

बाजुरा :   जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा बुधबार माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कालिकोट जिल्ला पलाता गाउँपालिका–२ का १८ वर्षीया विरेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।जगन्नाथ गाउँपालिका काप्रीका आफ्नै भिनाजुको घरको जग खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिँदा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसीं भण्डारीले जानकारी दिए। स्थानीय दिर्घ सार्कीको

सम्बन्धित सामग्री

माटोको ढिस्कोले पुरिएर मृत्यु

सुर्खेत : आठबिसकोट नगरपालिका–३ खदी ढाड रुकुम पश्चिममा माटोको  ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय विष्णु कामी रहेका छन्।ढुङ्गाखानीमा गिट्टीका लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भस्किई उनी पुरिएका थिए। उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतीबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

माटोको ढिस्कोले पुरिएर सोलुखुम्बुमा एकजनाको मृत्यु

मोरङ– सोलुखुम्बुमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार सोलु लिखुपिके–५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङभित्र मजदुरले काम गरिरहेको बेला सोमबार बिहान करिब ३ बजे माटोको ढिस्को खसेको थियो। सो क्रममा खोटाङका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ। यसक्रममा दोलखा जिरी २ का २१ वर्षीय जगत श्रेष्ठ […]