माटोको ढिस्कोले पुरिएर मृत्यु

सुर्खेत : आठबिसकोट नगरपालिका–३ खदी ढाड रुकुम पश्चिममा माटोको  ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय विष्णु कामी रहेका छन्।ढुङ्गाखानीमा गिट्टीका लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भस्किई उनी पुरिएका थिए। उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतीबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित सामग्री

रोल्पामा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५, दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९...