प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफमा उनले पढाइका लागि नेपालीले विदेश जाँदा उक्त रकम बाहिरिएको जानकारी दिएका हुन् ।