कोभिडका बेला भ्रष्टाचार गरे क्षम्य हुँदैन, दोषी पाइए कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको कोभिड महामारीका बेला कसैले भ्रष्टाचार गरे क्षम्य नहुने चेतावनी दिएका छन्।प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाए। “औषधि खरिदमा कहिँ नभएको कनेक्सनलाई जोडेर हेरिएको छ”, उनले भने, “कोभिड महामारीको साझा संकटका बेला कसैले भ्रष्टाचार गर्छ भने त्यो क्षम्य हुँदैन । छानबिन हुन्छ। दोषी पाइए कारबाही हुन्छ।”

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन स्थगित, नदीजन्य वस्तु बिक्री तथा व्यवस्थापनबारे विधेयक दर्ता गर्न सरकारलाई संसदीय समितिको निर्देशन, चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन, विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर लगायतका समाचारले प्रमुख स्थान पाए। सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन स्थगित सरकार […]

सुन तस्करीमा नाम जोडिएका माओवादी नेतालाई अनुसन्धान गर्न माग

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन्।केन्द्रीय कमिटी बैठक चौथो दिन बैठकमा बोल्ने सदस्यहरूले भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन्।पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूले छानबिन हुनुपर्ने बताएका छन्। नेत

सुन प्रकरणमा ममाथि लागेको आरोपबारे छानबिनका लागि तयार छुः वर्षमान पुन

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।सोमबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए।पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान भएको उल्लेख गरे। उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्रहत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर अनुसन्धा

प्रमाणले दोषी देखिएका जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् ।  सोमबार काठमाडौँमा पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा उनले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानुन...

भ्रष्टाचार नियन्त्रणमा केही हुँदै हो ?

केही समययता भ्रष्टाचारीविरुद्ध केही आशलाग्दो काम हुन थालेको छ । नीतिगत भ्रष्टाचार गर्ने र आफ्ना अंगहरूलाई यसको अनुसन्धान गर्न नदिने अवस्थाले जरो गाडेको बेला वर्तमान गठबन्धन सरकार बनेयता केही आशालाग्दा काम देखिएका छन् । यसले कानून छलेर सधैं भ्रष्टाचारबाट जोगिन सकिँदैन भन्ने सन्देश दिन खोजेको छ ।  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काण्डमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्रीदेखि गृहसचिवसम्म समातिएका छन् । त्यस्तै अख्तियारले फाइल बन्द गरेको ललिता निवास काण्डमा पनि अहिले विशेष प्रहरीले फेरि अनुसन्धान थालेको छ । यसमा पनि शक्तिशाली व्यक्तिहरू पक्राउ पर्ने सम्भावना छ । केही त पक्राउ परिसकेका छन् । महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरीमा सुन अपुग भएको भनी दिएको प्रतिवेदन अनुसार  छानबिन भइरहेको छ । विनास्रोत अकुत सम्पत्ति कमाएको आरोपमा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव पक्राउ परेका छन् । त्यस्तै नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक पनि अकुत सम्पत्ति जोडेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन् । सिक्टा सिँचाइ आयोजनामा भएको व्यापक भ्रष्टाचारको काण्डमा विशेष अदालतले ठेकेदारलाई सफाइ दिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार गर्नेलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत गएको छ । पप्पु कन्स्ट्रक्शनका सञ्चालक पक्राउ परिसकेका छन् । यी गतिविधिले सरकार भ्रष्टाचारीमाथि कारबाहीमा सक्रिय रहेको आभास हुन थालेको छ ।  यस्तो सक्रियताले सत्ता र पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने व्यक्तिहरूमाझ त्रास पैदा गरेको छ । केही समय कारबाहीबाट जोगिए पनि कुनै पनि बेला भ्रष्टाचारविरुद्ध फाइल खुल्न सक्ने र नियमकानूनअनुसार कारबाहीमा पर्न सक्ने भय पैदा गर्न सक्यो भने खुलमखुला हुने भ्रष्टाचार केही मात्रामा कम गर्न सकिन्छ । अख्तियारले साना कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप लागिरहेको बेला उसले देखाएको सक्रियताले मुलुकमा भ्रष्टाचार कम हुन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि अख्तियारले भ्रष्टाचारको आरोपितलाई कमजोर मुद्दा लगाएर चोख्याउने गरेको आरोप पनि लागेको छ । त्यसैले सस्तो प्रचारबाजी र विपक्षीलाई तारो बनाउने मात्र नभई जो दोषी हुन्छन्, ती सबैलाई कारबाहीको दायरामा ल्याएर सरकारले आमसर्वसाधारणको विश्वास जित्न सक्नुपर्छ ।

दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैनः डा.गोविन्द केसी

काठमाडौं। काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध शनिबार प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी चिकित्सक डा.गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गरेका छन्। ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उनको भनाइ छ। ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ,निष्पक्ष हुनुपर्छ,शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ।