काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी परिचालन सुरु गरेको छ । सवारी साधनको चाप धेरै हुने ठाउँमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको नगर प्रहरी बलका एसपी राजु पाण्डेले रातोपाटीलाई बताए । बुधबारबाट कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकीलगायत ठाउँको ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन