दशरथ रंगशालमा बिहिबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहिबार प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डीहोम अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे ।सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त रकम डिस होम एक्सन स्पोटर््स र एन्फाले ५०÷५० प्रतिशत बाँड्नेछन् ।नेपाली महिला टोलीले एएफसी महिला एसियन कप २०२२ को तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । छनोट खेलमा ९ दिनपछि उज्वेकिस्तानमा हुँदैछ । नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोली सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा सहभागी बन्नेछ ।