मल पैँचो लिनेबारे नेपाल र बंगलादेशका प्रधानमन्त्रीबीच छलफल हुने
१६ भदौ, काठमाडौं । गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसंग ५० हजार टन युरिया मल (पैँचो) सापटी माग्ने भएको छ । मल पैंचो माग्न दुई देशका सरकार प्रमुखबीच …
नेपाल–बंगलादेशबीच ऊर्जा सहकार्यको विषय पुनः उठेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको राजधानी रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टोकिङ मुभमेन्ट’ मा सहभागी हुने क्रममा साउन ८ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग ऊर्जा सहकार्यको विषयमा छलफल भयो । छलफलमा नेपाल र बंगलादेशका प्रधानमन्त्रीहरूले दुई मुलुकबीचको ऊर्जा सहकार्यमा जोड दिए ।