विद्युत् व्यापारबारे नेपाल र बंगलादेशका प्रधानमन्त्रीबीच छलफल

नेपाल–बंगलादेशबीच ऊर्जा सहकार्यको विषय पुनः उठेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको राजधानी रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टोकिङ मुभमेन्ट’ मा सहभागी हुने क्रममा साउन ८ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग ऊर्जा सहकार्यको विषयमा छलफल भयो । छलफलमा नेपाल र बंगलादेशका प्रधानमन्त्रीहरूले दुई मुलुकबीचको ऊर्जा सहकार्यमा जोड दिए ।