काठमाडौंः कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ। आइतबार दिउसो मनमोहन अस्पतालमा अन्तिम पिताले अन्तिम सास लिएको लामाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।लामाका पिताको दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा उपचार भइरहेको थियो। लामाले फेसबुकमा बाबुछोराको फोटो सहित एउटा भावुक स्टाटस लेखेका छन्। जहाँ उनले भनेका छन्, मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरू संगै भएकोमा आफुलाई भाग्यशाली ठान्दछु। तर के गर्नु आखिर मन त हो भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे