जेठ मसान्तसम्ममा ३५ अर्बको विदेशी लगानी प्रतिवद्धता

परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् ।प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताए । […]

सम्बन्धित सामग्री

वैदेशिक लगानीमा सुधारको संकेत

काठमाडौं– अघिल्लो वर्ष वैदेशिक लगानीको क्षेत्र निराशाजनक रहे पनि चालु आर्थिक वर्षमा भने यसमा सुधारका संकेतहरु देखिएका छन् । उद्योग विभागले स्वीकृत गरेको चालु आवको प्रथम दुई महिनाको विदेशी लगानी प्रतिवद्धता र नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस क्षेत्रमा सुधारको संकेत गरेको हो । विभागका अनुसार गत […]

३० अर्ब मात्र लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।

३० अर्ब मात्र लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।

जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता

परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका हुन् ।उनले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पु¥याउन नयाँ विदेशी लगानी तथा प्रविधि

विदेशी लगानी बढ्योः साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं, बैशाख १६ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिना (चैतसम्म) मा करिब साढे ३३ अर्बभन्दा बढी लगानी स्वीकृत भएको छ। अघिल्लो वर्षको तुलनामा सात अर्ब २८ अर्ब रूपैयाँ बढी लगानीको प्रतिवद्धता आएको छ। गत आवको […]

नेपाली उद्योगमा साढे तीन खर्बभन्दा बढी विदेशी लगानी

काठमाडौं। उद्योग विभागले नेपालका उद्योगमा हालसम्म तीन खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको जनाएको छ। ५ हजार २३३उद्योगको लागि उक्त लगानी स्वीकृत भएको हो। गत आर्थिक वर्ष २०७७/७८मा १८३ उद्योगमा ३२ अर्ब दुईकरोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको थियो। अघिल्लो आर्थिक वर्ष २०७६/७७मा २२३ उद्योगमा ३७ अर्ब ८० करोड रुपैयाँ लगाीन स्वीकृत भएको विभागले जनाएको छ।

गत आवमा ३९ अर्बको लगानी प्रतिबद्धता

गत आर्थिक वर्षको अन्तिम चार महिना कोरोनाभाइरस (कोभिड–१९) का कारण मुलुकको अर्थतन्त्र नै ठप्प भए पनि वार्षिक तथ्यांकका आधारमा प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानीमा सुधार देखिएको छ । उद्योग विभागमार्फत आउने विदेशी लगानी प्रतिवद्धता अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा २५ अर्ब ४७ करोड रुपैयाँको प्रतिवद्धता आएकोमा गत आवमा ३८ अर्ब ६५ करोड रुपैयाँँको प्रतिवद्धता आएको छ । वैदेशिक लगानी प्रतिवद्धता पर्यटन र सेवा क्षेत्रमा बढेको छ भने देशका आधारमा चीनका लगानीकर्ता नेपालमा लागानीका लागि बढी इच्छुक देखिएका छन् ।