९ महीनामा ३३ अर्ब विदेशी लगानी प्रतिवद्धता, चीनपछि स्पेनबाट सर्वाधिक विदेशी लगानीको प्रस्ताव

काठमाडौं  । चालू आर्थिक वर्ष (आव) को ९ महीना (साउन–चैत)मा १४ देशका लगानीकर्ताले नेपालमा उद्योग दर्ता गराएका छन् । गतवर्षको तुलनामा यो वर्ष वैदेशिक लगानी प्रस्तावमा सुधार देखिएको छ ।  नेपालमा लगानी गर्न इच्छा देखाएर प्रक्रिया अघि बढाउने विदेशी व्यवसायीमा चिनियाँ अगाडि छन् । उद्योग विभागका अनुसार कुल वैदेशिक लगानी प्रस्तावमा ७३ दशमलव २१ प्रतिशत अंश चिनियाँ व्यवसायीको छ । चीनपछि यूरोपेली मुलुक स्पेनबाट सर्वाधिक विदेशी लगानीको प्रस्ताव आएको छ । विभागको तथ्यांकअनुसार चालू आवको चैतसम्ममा कुल ३३ अर्ब ३७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । त्यसमा चीनको अंश २४ अर्ब ४३ करोड रुपैयाँ बराबर छ । चिनियाँ लगानीकर्ताले नेपालको कृषि र वन, आईसीटी, उत्पादनमूलक, सेवा र पर्यटन क्षेत्रमा लगानी गर्न १२१ ओटा प्रतिष्ठान दर्ता गराएका छन् । चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी लगानी प्रस्ताव सेवा, पर्यटन र उत्पादनमूलक उद्योगमा गरेका छन् । चीनबाट सेवामूलक उद्योगमा १२ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको हो । त्यसपछि पर्यटन उद्योगमा ९ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रस्ताव चिनियाँ लगानीकर्ताले गरेका छन् । चीनले प्रस्ताव गरेको लगानीअनुसार व्यवसाय सञ्चालनमा आए तिनमा ७ हजार ४७२ जनाले रोजगारी पाउने विभागको तथ्यांक छ ।  यस अवधिमा चीनपछि दोस्रो नम्बरमा स्पेनबाट झण्डैं ५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । स्पेनबाट पनि सेवामूलक क्षेत्रमा लगानी गर्ने प्रस्ताव आएको छ । त्यहाँका लगानीकर्ताले एउटा सेवामूलक प्रतिष्ठान विभागमा दर्ता गराएका छन् । उक्त व्यवसायमा ४ अर्ब ८५ करोड रुपैयाँ लगानी गर्ने उनीहरूको योजना छ । स्पेनको लगानीले २९ जनालाई रोजगारी दिनेछ । त्यसपछि धेरै लगानी प्रस्ताव गर्नेमा भारतीय व्यवसायी छन् । भारतीयले भने उत्पादनमूलक, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रस्ताव गरेका छन् । भारतीयले कुल १ अर्ब ७७ करोड रुपैयाँ लगानी प्रस्ताव गरेका छन् । त्यसमध्ये धेरै सेवामूलक क्षेत्रमा १ अर्ब ३३ करोड लगानी प्रस्ताव छ । त्यसपछि उत्पादनमूलक क्षेत्रमा ३९ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको विभागको अभिलेखले देखाउँछ । सिंगापुरका लगानीकर्ताले पनि एउटा उत्पादनमूलक व्यवसाय दर्ता गरेर १ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । अमेरिकाबाट आएको लगानी प्रस्ताव यी पाँच देशको भन्दा कम भए पनि लगानीका क्षेत्र भने धेरै छन् । यो ९ महीनामा अमेरिकी लगानीकर्ताले ४० करोड रुपैयाँ लगानी गर्ने प्रस्तावसहित ९ ओटा प्रतिष्ठान दर्ता गराएका छन् । यसमा आईसीटी, उत्पादनमूलक, सेवा र पर्यटन छन् । नेपालमा लगानी गर्ने गर्ने छैटौं देशमा अस्ट्रेलिया छ । त्यहाँबाट यस अवधिमा ३४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण धेरै रहेको विभागको तथ्यांकले देखाएको छ । कतिपय देशका लगानीकर्ताले पर्यटनमा मात्रै र सेवामा मात्रै लगानी गर्न चाहेका छन् । यीबाहेक फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्विजरल्यान्ड, नेदरल्यान्ड, भियतनाम र बेलायतबाट लगानी प्रस्ताव आएको छ । यीमध्ये ९ देशका व्यवसायीले पर्यटनमा लगानी गर्न चाहेका छन् ।

सम्बन्धित सामग्री

वैदेशिक लगानीमा सुधारको संकेत

काठमाडौं– अघिल्लो वर्ष वैदेशिक लगानीको क्षेत्र निराशाजनक रहे पनि चालु आर्थिक वर्षमा भने यसमा सुधारका संकेतहरु देखिएका छन् । उद्योग विभागले स्वीकृत गरेको चालु आवको प्रथम दुई महिनाको विदेशी लगानी प्रतिवद्धता र नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस क्षेत्रमा सुधारको संकेत गरेको हो । विभागका अनुसार गत […]

३० अर्ब मात्र लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।

३० अर्ब मात्र लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।

जेठ मसान्तसम्ममा ३५ अर्बको विदेशी लगानी प्रतिवद्धता

परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् ।प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताए । […]

जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता

परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका हुन् ।उनले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पु¥याउन नयाँ विदेशी लगानी तथा प्रविधि

विदेशी लगानी बढ्योः साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं, बैशाख १६ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिना (चैतसम्म) मा करिब साढे ३३ अर्बभन्दा बढी लगानी स्वीकृत भएको छ। अघिल्लो वर्षको तुलनामा सात अर्ब २८ अर्ब रूपैयाँ बढी लगानीको प्रतिवद्धता आएको छ। गत आवको […]

ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो

काठमाडौं । आर्थिक विकासको मुख्य आधार मानिएको ऊर्जाक्षेत्रमा केही वर्षयता वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दो छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ पछि ऊर्र्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो । आव २०७४/७५ मा ऊर्र्जाक्षेत्रमा ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । त्यसपछिको आव २०७५/७६ मा ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता आएन ।  त्यस वर्ष ऊर्जाक्षेत्रमा किन वैदेशिक लगानी प्रतिबद्धता आएन भन्नेबारे यकिन भने भएको छैन । विभागका महानिर्देशक रामचन्द्र तिवारी यसबारे कुनै कारण खोजी नगरिएको बताउँछन् । ‘ऊर्जाको हकमा परियोजना सर्वे तथा छनोट गर्नुपर्ने हुन्छ, त्यसो गर्दा पनि ढिला हुन सक्छ । ठूला आयोजना लगानी बोर्डअन्तर्गत आउनुपर्छ । त्यसैले कुनैकुनै वर्ष ऊर्जामा वैदेशिक लगानी प्रतिबद्धता नआएको हुन सक्छ,’ उनले भने । ऊर्जा मन्त्रालयका सूचना अधिकारी बाबुराजा अधिकारीले पनि यसको कारणबारे अध्ययन नभएको बताए । विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा रू. ४ अर्ब ९७ करोड, आव २०७७/७८ मा रू. १ अर्ब ५४ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालू आवको फागुन १५ गतेसम्म ऊर्र्जाक्षेत्रमा ५ करोड ६२ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । ऊर्र्जाक्षेत्रभित्र पनि जलविद्युत्मा अझै कम प्रतिबद्धता देखिएको छ । चालू आवमा जलविद्युत्मा वैदेशिक लगानी प्रतिबद्धता कत्ति पनि नआएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा एउटा सोलार प्लान्टमा मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागअन्तर्गतको आयोजनाको हकमा यस्तो अवस्था देखिएको हो । ठूला आयोजनामा आउने लगानी लगानी बोर्ड नेपालमार्फत आउने गर्छ । पछिल्लोपटक ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनामा लगानी बोर्डको स्वीकृतिमा विदेशी लगानी ल्याइएको थियो । यस्तै, माथिल्लो कर्णाली, तमोर स्टोरेज,  माथिल्लो मस्र्याङदी–२ आयोजनामा विदेशी लगानी ल्याउन बोर्डमार्फत प्रक्रिया अगाडि बढाइएको छ । नेपालको अपेक्षाअनुरूप विदेशी लगानी प्रतिबद्धता नआउँदा चिन्तित हुनुपर्ने अवस्था आएको ऊर्र्जा व्यवसायी बताउँछन् । स्वतन्त्र ऊर्र्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्र्जामा वैदेशिक लगानी प्रतिबद्धता घट्दै जानु दुःखद भएको बताए । यही अवस्था जारी रहे ऊर्र्जाक्षेत्रको विकासमा चुनौती हुने उनको भनाइ छ । सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘विदेशी लगानीकर्ताले हेर्ने भनेको २ कुरा हो । एक लगानी प्रतिफलको ग्यारेन्टी र अर्काे लगानीमैत्री वातावरण,’ उनले भने, ‘नेपालमा लगानी प्रतिफलको ग्यारेन्टी छ । तर, लगानीमैत्री वातावरण छैन । त्यसकारण पनि बैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो ।’ कोरोना महामारीमा पनि वैदेशिक लगानी प्रतिबद्धतामा केही असर पुगेको उनको भनाइ छ । ‘पछिल्लोपटक त कोरोना महामारीका कारण पनि बैदेशिक लगानी प्रतिवद्धता घटेको हो । तर, यसलाई त्यसरी मात्र हेर्नु हुँदैन,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनेको छैन ।’ उनले अझै पनि  थुप्रै निकाय धाएर मात्र आयोजना बन्न सक्ने झन्झटिलो प्रक्रिया रहेकाले लगानीकर्ता उत्साही नभएको बताए । ‘त्यसमाथि पछिल्लो २ वर्षयता पीपीएको काम नै रोकिएको छ,’ उनले भने ।  विदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सरकारको नीति सहजीकरण गरिदिनेभन्दा पनि नियन्त्रण गर्नेतर्फ छ,’ उनले भने, ‘अब यस्तो अवस्था रहनु हुँदैन ।’

नेपाली उद्योगमा साढे तीन खर्बभन्दा बढी विदेशी लगानी

काठमाडौं। उद्योग विभागले नेपालका उद्योगमा हालसम्म तीन खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको जनाएको छ। ५ हजार २३३उद्योगको लागि उक्त लगानी स्वीकृत भएको हो। गत आर्थिक वर्ष २०७७/७८मा १८३ उद्योगमा ३२ अर्ब दुईकरोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको थियो। अघिल्लो आर्थिक वर्ष २०७६/७७मा २२३ उद्योगमा ३७ अर्ब ८० करोड रुपैयाँ लगाीन स्वीकृत भएको विभागले जनाएको छ।