काठमाडौँ : केही दिन कम भएर आज काठमाडौँ उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।वरिष्ठ मौसमविद् वरुण पौडेलले केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नहुने जानकारी दिए। उनका अनुसार अहिले गण्डकी प्रदेशलगायत केही ठाउँमा वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ।ज