लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि–घोडाबाधे सम्मको सडक खण्डमा पछिल्लो समय केही प्रगति देखिन थालेको छ ।
अहिले बागलुङ खण्डकोे घोडाबाधे बिहुँमा कोरोना कहर र रोकथामका लागि जारी निषेधाज्ञाका बीच सडक कालोपत्रे गर्न शुरु भएको छ । अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी थालिएको र घोडाबाधेको गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फ सडक कालोपत्रे हुन थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जन...