सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

झापामा खोलाले बगाउँदा दुईको मृत्यु, पाँच बेपत्ता

झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको…

पहिराले घर पुरिँदा पोखरामा दुईको मृत्यु, एक बेपत्ता

वर्षाका कारण पहिरो आउँदा पोखरामा दुईको मृत्यु भएको छ भने खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। गएराति वर्षासँगै आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ पस्याङ पाखामा तारापति अधिकारीको घर पहिरोले पुर्दा पाहुना आएका अधिकारीको सालीकी छोरा १४ वर्षिय टंक क्षेत्रीको मृत्यु भएको हो । राति करीब साढे २ बजेतिर आएको पहिरोले घर…