आर्थिक वर्ष ०७८/७९ मा सरकारले पौने १९ अर्ब रुपैयाँ कर छुट तथा कर फिर्ता दिएको छ । मुलुकमा व्यावसायिक वातावरण तयार गर्ने आवश्यकताअनुरुप व्यावसायिक छुट तथा सुविधा उपलब्ध गराउने राज्यको नीतिअन्तर्गत आर्थिक वर्ष ०७८/७९ मा उल्लिखित रकम कर छुट तथा फिर्ता गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।