सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनमा सशक्त उम्मेदवारको अभावका कारण अपेक्षाकृत परिणाम ल्याउन नसकेको ठहर गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिले स्थानीय निर्वाचन २०७९ को परिणाम सकारात्मक र उत्साहजनक रहे पनि अपेक्षाकृत नभएको ठहर गरेको छ ।परिणाम अपेक्षाकृत नहुनुको कारणमा जनमतले सत्ता गठबन्धनद्वारा गरिएको राज्यशक्तिको चरम दुरुपयोग र धाँधली, प्रहरी प्रशासनको संरक्षणमा भएको मतको खरिदविक्री, समाजमा व्याप्त गरिबी र जनचेतनाको कमी, विरोधी पार्टीका नेता कार्यकर्ताहरूद्वारा फैल