काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका थप पाँच शाखा सञ्चालन भएका छन् । बैंकका अनुसार संखुवासभाको खाँदबारीमा, तनहुँ दमौलीमा, बर्दिया गुलरियामा, सल्यानको श्रीनगरमा र बैतडी पाटनमा नयाँ शाखा सञ्चालन भएका हुन् ।
योसँगै बैंकको शाखा संख्या १८८ पुगेको छ । प्रदेशगत रूपमा कोशीमा २७, मधेशमा २९, बागमतीमा ५०, गण्डकीमा १३, लुम्बिनीमा ५१, कर्णालीमा १० र सुदूरपश्चिममा ८ शाखा पुगेका छन् ।
आज बैंकमा अयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिए ।
बैंकले देशभरका १८८ ओटा शाखा, ३ ओटा विस्तारित काउण्टर, १४३ ओटा एटीएम, ६ ओटा कियोस्क सेवा र ९७ ओटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट करीब १६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको दरबारमार्गस्थित होटल ठमेल हाउस प्रालिले छूट दिने भएको छ । बैंकका कार्डवाहक ग्राहकलाई होटलले १० प्रतिशतसम्म छूट दिने सम्झौता गरिएको हो ।
यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ ।
बैंकले १८५ शाखा, ३ विस्तारित काउण्टर, १४१ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाईबाट सेवा दिँदै आएको बताइएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट दिन थालेको छ । कलंकी शाखाको मातहतमा रहनेगरी विस्तारित काउन्टर सुरु गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित
सिटिजन्स बैंक इन्टरनेसनलले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका–४ स्थित सातबिसे बजारमा सञ्चालनमा ल्याएको छ । भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । यस अघिनै बैंकले मकवानपुरको रजैया विस्तारित काउण्टर सेवा पनि संचालनमा ल्याएको थियो । सुविधा सम्पन्न सो विस्तारित काउण्टरमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्
सिटिजन्स बैंक इन्टरनेसनलले लमजुङको राइनास नगरपालिका वडा नं ४, सातबिसे बजारमा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैयामा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याई सकेको छ ।सुविधा सम्पन्न विस्तारित काउण्टरमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएका बैंकले जनाएको छ । सुविधाजनक बचत […]