सिटिजन्स बैंकका थप पाँच शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका थप पाँच शाखा सञ्चालन भएका छन् । बैंकका अनुसार संखुवासभाको खाँदबारीमा, तनहुँ दमौलीमा, बर्दिया गुलरियामा, सल्यानको श्रीनगरमा र बैतडी पाटनमा नयाँ शाखा सञ्चालन भएका हुन् ।  योसँगै बैंकको शाखा संख्या १८८ पुगेको छ । प्रदेशगत रूपमा कोशीमा २७, मधेशमा २९, बागमतीमा ५०, गण्डकीमा १३, लुम्बिनीमा ५१, कर्णालीमा १० र सुदूरपश्चिममा ८ शाखा पुगेका छन् । आज बैंकमा अयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिए । बैंकले देशभरका १८८ ओटा शाखा, ३ ओटा विस्तारित काउण्टर,  १४३ ओटा एटीएम, ६ ओटा कियोस्क सेवा र ९७ ओटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट करीब १६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको जनाएको छ । 

सम्बन्धित सामग्री

सिटिजन्स बैंकका थप पाँच शाखा सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना थप पाँच शाखाहरू विस्तार गरेको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको १८८ वटा शाखा सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी […]