वन्यजन्तु अपराधमा अन्तर्राष्ट्रिय रूपमा समेत कुख्यात हुम्लाका कुन्जोक लामाले कानुनी छिद्रबाट उम्कने अन्तिम प्रयासस्वरूप सर्वोच्च अदालत गुहारेका छन् । नेपाल, भारतलगायत देशमा दुर्लभ वन्यजन्तुका अंग तस्करी र खरिद–बिक्रीमा संलग्न भएकाले इन्टरपोलको समेत खोजी सूचीमा रहेका लामा दुई वर्ष पहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेयता रसुवा कारागारमा थुनामा छन् ।