नुवाकोटको शिवपुरी गाउँपालिका–७ घर भएका मुरली दमाई आफ्नो मिर्गौला बेच्न बाध्य भए । १५ वर्षअघि आमाको काजकिरिया गर्दा लिएको साहुको ऋण तिर्न नसकेपछि उनले मिर्गाैला बेचेका हुन् ।४६ वर्षका मुरलीलाई गाउँमा ‘बाँदरे’ भन्थे । तिनै बाँदरे अहिले मृगौला तस्करको आरोपमा जेलमा छन् । भदौ १७ मा जिल्ला अदालत काठमाडौंले मुरलीसहित नुवाकोट घर भएका ४ जनालाई मिर्गौैला बेचविखन गरेको आरोपमा पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको छ । ऋणबाट मुक्ति खोज्दै १५ वर्षअघि मिर्गौला बेच्न उनी भारत पुगेका थिए । पछ