बजेट लेखन : सर्वसाधारणलाई मन्त्रालयको ढोका बन्द, कर्मचारी भन्छन्- पोहोरको घटनाबाट सचेत छौं

अर्थमन्त्रालयका प्रवक्ता धनीराम शर्माले बजेटको गोपनीयता कायम राख्न सर्वसाधारणलाई केही दिन मन्त्रालय प्रवेशमा रोक लगाइएको बताए ।

सम्बन्धित सामग्री

बजेट लेखन सुरू- अत्यावश्यक कामबाहेक भेटघाटमा नआइदिन मन्त्रालयको अनुरोध

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरू भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति बनाइसकेका […]

सरकारले माग्यो बजेटको लागि सुझाव, चैत्र मसान्त भित्र दिईसक्न आग्रह

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले  आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने बिषयहरुका सम्बन्धमा आफ्ना सुझावहरु आगामी २०७८ चैत्र मसान्तभित्र मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको छ ।मन्त्रालयल विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा सुझाव दिन अनुरोध गरेको छ । उपरोक्त सुझावहरु मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने मन्त्रालयले जनाएको छ।अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् । सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र बित्तिय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी छन् । ५ सदस्यीय समितिलाई दुई वटा कार्यक्षेत्र तोकिएको छ ।१) संसदको दुवै सदनमा पेश गरिने बिनियोजन बिद्येयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने ।२) आर्थिक बर्ष २०७९–८० को बजेट बक्तव्यको मस्यौदा तयार गरी पेश गर्ने ।समितिले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर कर्ण, बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्रकुमार उप्रेतीलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउनेछ ।