मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन ।
पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानहरुले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ ।
एक अनुसन्धानले फोनलाई राति सँगै लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ ।
चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँग...