जाडो महिनामा ढिला उठ्ने बानी छ ? सावधान ! देखिनसक्छन् यी समस्या

कित्सकहरूका अनुसार जाडो शुरू भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् ।  जाडो याममा छाला सम्बन्धी समस्या, श्वासप्रश्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन यी ८ काम नगर्नुहोस् : चियाकफी धेरै पिउने जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा ग...

सम्बन्धित सामग्री

बढी कागतीपानी पिउनु हानिकारक, देखिन सक्छन् यस्ता समस्या

तन्दरुस्त रहन कतिपयले कागतीपानी पिउने गर्छन् ।  यसबाट पाचन प्रणाली राम्रो हुन्छ भने छालामा चमक आउछ । यस्तै वजन कम हुन्छ, शरीर हाइड्रेड हुुन्छ र शरीरलाई भिटामिन सी पनि प्राप्त हुन्छ । केही मानिसको वर्षभरीनै कागती पानी पिउने बानीनै बनिसकेको हुन्छ । यो बानी राम्रो हो, तर आवश्यकता भन्दाबढी कागती पानीको प्रयोग नोक्सानीपूर्ण हुन जान्छ । कागतीको फाइदालाई लिएर यदि यसको प्रयोग धेरैनै गर्न थालियो भने सावधान हुनु आवश्यक छ । पेटमा हुनसक्छ समस्याकागतीको अधिक सेवनले ग्यास्टिक अल्सरको खतरा बढ्न

कोरोनामा नागरिकको दायित्व

कोरोनाको दोस्रो लहरलाई कम गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । जति भीडभाड हुन्छ त्यति नै कोरोना फैलने सम्भावना बढी हुन्छ । एकजना संक्रमितले कैयौंलाई संक्रमित तुल्याउन सक्ने भएकाले नागरिक आफै सचेत हुनुपर्छ । सामाजिक दूरी कायम गराउन र मास्क प्रयोग अनिवार्य गराउन सरकारले मात्रै सक्दैन । सरकारले सचेत पार्न मात्रै सक्छ । कोरोनाबाट धेरै मानिसको मृत्य हुन थालेपछि बल्ल मास्क लगाउनेको संख्या बढ्न थालेको छ । केही समयअगाडि मानिसहरू मास्क प्रयोग गर्न छाडिसकेका थिए । भोजभतेर र जात्रा चाडपर्वका नाममा मानिसको भीड भयो । त्यसैको परिणति कोरोना भयावह बनेको हो । भारतमा महाकुम्भ मेला स्थगित गरेको भए समस्या अलिक कम हुन्थ्यो । लाखाैं सहभागी त्यस मेलाबाट नै कोरोना अनियन्त्रित भएको हो । नेपालका पूर्वराजा र रानी पनि त्यही मेलामा गएर आउँदा संक्रमित भएका हुन् । अरू थुप्रै नेपाली पनि कुम्भ मेलामा पुगेका थिए । तिनले पनि कोरोना ल्याएको हुन सक्छ । भारतमा काम गर्ने नेपाली नै नेपालमा कोरोना भित्र्याउने प्रमुख स्रोत हुन् । तर, त्यसलाई फैलाउनेचाहिँ हामी नेपालीको बेवास्ता र हेलचेक्र्याइँ हो । हात नधुने, मास्क राम्ररी नलगाउने तथा नाक कोट्याउने बानी कोरोना सार्न निकै सहयोगी हुन्छ । यी सबै बानी सुधार्न आवश्यक छ । मानव जीवनभन्दा चाडपर्व र जात्रा ठूला हुन सक्दैनन् । तर, केही अतिवादीहरू यसलाई उचालेर जात्रा मनाउनैपर्ने भनी लागिपरेका छन् । कोरोना केही होइन भन्ने सोचले पनि यसमा काम गरेको छ । त्यसैको परिणति हामी भयंकर समस्यामा परेका छौं । सरकार कमजोर छ । स्वास्थ्य प्रणाली निकै कमजोर छ । त्यसमा पनि सरकारी कर्मचारीमा आफन्तवाद छ । यस्तोमा कुनै व्यक्ति संक्रमित भए उपचार पाउन कठिन छ । पैसा हुनेले निजी अस्पतालमा उपचार पाएका छन् । त्यहाँ उपचार गराइरहेकाले पनि ठूलो रकम तिरेर पनि अस्पतालले राम्ररी नहेरेको भन्दा सतर्क हुन अरूलाई आग्रह गरिरहेका छन् । तैपनि मानिसहरूमा सतर्कता छैन । जहाँ सतर्कता छ त्यहाँ यो भयंकर समस्या बनेको छैन । जहाँ लापर्बाही छ त्यही यसको संक्रमण तीव्र छ । अहिले भारतबाट भित्रिएको भाइरसको नयाँ भेरिएन्ट डरलाग्दो नै छ भन्ने विज्ञको भनाइबाट बुझ्न सकिन्छ । भाइरस मार्न सक्ने तŒवलाई छल्दै शरीरमा फैलन सक्ने भएकाले यो डरलाग्दो मानिएको हो । त्यसैले हामी आफै सचेत बनौं । घरबाहिर सकेसम्म नजाऔं जानै परे मास्क प्रयोग गर्ने र घरमा आउनासाथ साबुनपानीले हात धुने बानी बसालौं । मुख्य कुरा नाकबाट भाइरस प्रवेश गर्ने सम्भावना आउनै नदिऔं । घरभित्रै आफन्तबीच पनि सकेसम्म दूरीमा बसौं । तातो पानी प्रशस्त पिउने गरौं । तागतिलो खाने कुराले पनि भाइरसविरुद्ध लड्न सहयोग गर्छ । अरूको लहै लहैमा नलगौं भाइरोलजिस्टका कुरा मानौं । आफै जान्नेसुन्ने भई जथाभावी सुझाव दिनेहरूबाट सतर्क रहौं । यो समस्या मुलुकले समाधान गर्न सक्दैन । जनता आफै लागे संक्रमण निकै कम गर्न सकिन्छ । त्यसैले सतर्क रर्हौ, सावधान रहौं र कोरोना सर्न सक्ने सम्भावनाबाट आफै जोगिऔं । श्याम श्रेष्ठ धर्मस्थली, काठमाडौं ।

दैनिक नास्ता नखाए यस्ताे हुन्छ समस्या

काठमाडाै‌ं । यदि तपाईहरुका नास्ता नखाने बानी छ भने सावधान रहनुहोला । नास्ता नखानाले वा खान छोड्नाले तपाईको तौल बढ्न सक्छ अथवा भनौँ मोटोपन बढ्न सक्छ ।   एक अनुसन्धानले नास्ता गर्ने १०.९ ...