आजसम्म पाँच लाखले उपत्यका छाड्दै

काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो ।

सम्बन्धित सामग्री

एकै दिन दुई लाखले उपत्यका छाड्दै

काठमाडौं। बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा लागू हुने भएपछि एकै दिन दुई लाख सर्वसाधारणले उपत्यका छाड्ने यातायात व्यवसायी महासंघले बताएको छ। महासंघका महासचिव सरोज सिटौलाले आज बिहानैदेखि उपत्यकाबाट बाहिरिनेको भीड लागेको बताए। यहीअनुसार बाहिरिए बेलुकासम्म दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको हो। यतिबेला नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर र कलंकी लगायतका स्थानबाट सर्वसाधारण घर गइरहेका छन्।