जनता समाजवादी पार्टी नेपाललाई पुनः सत्ता गठबन्धनमै फर्काउन पहल भइरहेको छ । आम निर्वाचन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ताको केही दिनअघि सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेको जसपालाई फेरि सत्ता गठबन्धनमै फर्काउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल चलाएका छन् ।मंसिर १३ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लामो छलफल भएको छ । गठबन्धनमा फर्किन जसपा अध्यक्ष यादव पनि सकारात्मक रहेको माओवादी केन्द्र स्रोतले जनाएको