विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरिएको हो ।उनले भने, “सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको छ, मैले अध्यागमन विभागका प्रमुखलाई भनेर पर्यटकको सहायताका लागि नगद ल्याउन सूचना निकाल्न आग्रह गरेको थिए, अहिले सूचना प्रकाशन भएको हो ।”अध्यागमन कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटिएम मेसिन रहेकाले विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकाले भीडभाड तथा झण्झटबाट जोगिनका लागि नगदै बोकेर आउन भनिएको छ । 

सम्बन्धित सामग्री

दैनिक २ हजार पर्यटक

काठमाडौं । कोभिड–१९ को संक्रमण घट्ने क्रमसँगै नेपाल आउने विदेशीको संख्या बढ्न थालेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अचेल दैनिक नेपाल आउने विदेशी पर्यटकको संख्या २ हजार पुगेको छ । गत अप्रिल १ देखि १० सम्मको तथ्यांकअनुसार दैनिक लगभग २ हजार विदेशी नेपाल आइरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार अप्रिल १ मा २ हजार ५१३ विदेशी पर्यटक नेपाल आएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर नगण्य रहेकाले पर्यटक आउने क्रम एकाएक बढेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘कोरोना जोखिम शून्यजस्तै छ, त्यसैले पर्यटक आउने क्रम बढेको छ, आगामी दिनमा अझै बढ्छ ।’ गत जनवरीदेखि मार्चसम्म कुल ७८ हजार १८२ विदेशी पर्यटक आएका थिए । नेपाल आउने विदेशीको संख्या बढिरहेको, विमानस्थलमा एउटा मात्र एटीएम रहेको र सफ्टवेयरले काम नगर्दा विद्युतीय कारोबार अवरुद्ध हुन सक्ने भन्दै कार्यालयले पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्यसो गर्दा अनअराइभल भिसाको शुल्क तिर्न सजिलो हुने कार्यालयको भनाइ छ । कार्डको भरमा आउँदा विमानस्थलको विद्युतीय कारोबार गर्ने सफ्टवेयरले काम नगरेको खण्डमा शुल्क तिर्न नपाएर भिसा नलाग्ने समस्या आउँछ । अनि पर्यटक लामो समय विमानस्थलमै अड्किन सक्छन् । त्यसैले कार्यालयले भिसा शुल्क बुझाउन सजिलो हुने भन्दै २ सय अमेरिकी डलर बराबर परिवत्र्य विदेशी मुद्रा बोकेर आउन सुझाएको हो । गौतमबुद्ध विमानस्थल वैशाख ८ बाट चल्ने निर्माण सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै सोहीअनुसार काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । मन्त्री आलेले कोरोना जोखिम घटेकाले अब विमानस्थल २४सै घण्टा सञ्चालन गर्नसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । साबिकको १ हजार ५ सय मीटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मीटर लामो नयाँ धावनमार्ग सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।  रासस

कोरोना सामान्य भएसँगै बढ्यो पर्यटकको संख्या, दैनिक २ हजारको दरमा पर्यटक भित्रिदै

वैशाख ४, काठमाडौं । कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ । सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जानकारी दिएको छ । विभागका अनुसार अप्रिल १ तारिखमा एकैदिन दुई हजार ५१३ विदेशी पर्यटक नेपाल आएका छन् ।  पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर करीब अन्त्य जस्तै भएकाले यहाँ भ्रमणका लागि पर्यटक आउनेक्रम एकाएक बढेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।  उनले भने, ‘कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउनेक्रम बढ्नेछ ।’ यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कुल ७८ हजार १८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जानकारी दिएको छ ।  विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिङ–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा नेपालमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहनेछ ।  नेपाल भ्रमणमा आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएपछि उनीहरुको सहजताका लागि भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।  पर्यटकको संख्या बढ्दै गएको र विमानस्थलमा राखिएका विद्युतीय कारोबार गर्ने सफ्टवयरले काम नगर्दा विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो । रासस

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झन्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ।

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झन्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ।

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झन्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ।

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झन्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ।