काठमाडौं : अहिले बागमती प्रदेशका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहेको छ। विशेषगरी पोखराबाट प्रदेश १ सम्म नै पानी पार्ने प्रणाली सक्रिय रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम कर्णालीतिर भने मौसम सफा रहेको छ। आज दिउँसो पनि प्रदेश १ बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुइ स्थानमा हा