एमाले महासचिव ईश्वर पोखरेलले शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा संगठनात्मक प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा पोखरेलले संगठनात्मक प्रस्ताव गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्दै पोखरेल देशको राजनीतिको वर्तमान अन्योल र संक्रमणलाई सही दिशामा व्यवस्थापन गरी आर्थिक, सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने र संगठनात्मक जीवनलाई पुनर्व्यवस्थित गर्ने गरी प्रस्ताव तयार पारिएको बताए ।